टोकियो । विभिन्न पेशामा जापानमा रहेका स्याङ्जालीहरुको साँझा संस्था “स्याङ्जा समाज जापान” को पाँचौ अधिवेशन अगामी मार्च २८ तारिख आईतबार हुने भएको छ ।
जनवरी १७ तारिख संरक्षक, सल्लाहकार र कार्यसमिति सदस्यहरुको उपस्थितिमा बृहत ४ घण्टा लामो छलफलबाट समाजको पाँचौ अधिवेशन आगामी मार्च २८ तारिख गर्ने निर्णय गरेको हो । बैठकले समाजका अध्यक्ष सागरमणि भण्डारीको संयोजकत्वमा अधिवेशन मूल आयोजक समिति गठन गरेको छ ।
अधिवेशनमा केन्द्रिय समितिको प्रत्यक्ष उपस्थिति, जापानमा कृयाशिल अन्य संघ-संस्था, आइसीसी, क्षेत्रिय समिति लगायत सम्पुर्ण जापानबासी स्याङ्जालीहरुलाई भने भर्चुअल माध्यमबाट जोड्ने निर्णय गरेको छ । ५ औं अधिवेशन बन्द र खुल्ला गरि २ सत्र गरेर एकै दिनमा २ चरणमा सम्पन्न गर्ने पनि निर्णय गरेको छ भने विभिन्न उप-समितिहरुको पनि गठन गरेको छ ।
अधिवेशन मूल आयोजक समिति संयोजक : सागरमणि भण्डारी
निर्बाचन मण्डल संयोजक:- भिम न्यौपाने
सदस्य – पिताम्बर चापागाई ,नरेश वहादुर जी.सी
विधान संशोधन समिति संयोजक – पिताम्बर चापागाइँ
सदस्यहरु: भिम न्यौपाने,नरेस वहादुर जी.सी,तारा गौडेल,सुक के.सी,बेद कार्की,चित्र गुरुङ
हल तथा अधिवेशन व्यवस्थापन समिति संयोजक : धुर्व ज्ञवाली टोम गुरुङ,मनोज अधिकारी
प्रचार-प्रसार समिति संयोजक : चित्र गुरुङ,दिपक न्यौपाने,अर्जुन हमाल
समाजले साधारण सदस्य र आजिबन सदस्य को नामावली दिने अन्तिम मिति आगामी फेब्रुअरी २८ तारिख तय गरेको छ । यस अवधि भित्र आजिबन बन्ने सदस्यले मात्र आगामी पाँचौ अधिवेशनमा उमेद्ववारी दिन पाउनेछन् भने साधारण र आजिबन दुबैले मतदान गर्न पाउने छन् । मार्च १ तारिख देखि बनेका सदस्यहरुले अधिवेशनमा भाग लिन र मतदान गर्न पाउने छैनन् यद्धपि सदस्यता लिन बाट भने बन्चित हुने छैनन् ।
यो समय सम्म सबै क्षेत्रिय समितिहरुलाई अधिवेशन गराउनको लागि केन्द्रबाट निर्देशन गरे अनुसार नागोया क्षेत्रिय समितिको अधिवेशन यहि फेव्रुवरी २१ मा हुने तय भएको छ । यो आसन्न अधिवेशन भव्य र सभ्य तवरले सम्पन्न गराउनको लागि सम्पूर्ण जापानवासी जिल्लाका दाजुभाई तथा दिदीवहिनिहरुमा समाजका अध्यक्ष सागरमणी भण्डारीले गर्नु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया