गजल :-
हिउँ झरेको साँझ, भुटेको मकै भटमास सम्झन्छु ।
आमाको स्नेह मिसिएको त्यै हरेक गाँस सम्झन्छु ।।
त्यसो त परदेशी जिन्दगी सम्झनाको झरी दर्कन्छ ।
बिरानो परिवेशमा हर चुनौतीलाई खास सम्झन्छु ।।
हैट ! कृतिम रंगिचंगि सजावट त फिक्का लाग्छ ।
चोमोलोङ्माको अर्गानिक चिसो वतास सम्झन्छु ।।
आमाको ममताको प्रिय आँचलमा खेल्दै हुर्किए ।
प्रवासमा घरको याद र प्रेमिल आकाश सम्झन्छु ।।
सयपत्री थुलुङ💃टोकियो,जापान

फेसबुकबाट तपाइको प्रतिक्रिया