एनआरएनए जापानमा आर्थिक अनियमितता छानबिनको लागि बनेको समितिको अबधि अप्रिल ३० सम्म थप

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आर्थिक अमियमिताको छानबिन गर्न बनेको समितीको अबधि अप्रिल ३० सम्म थपिएको छ ।

एनआरएनए सचिबालयको बैठकले जापान सरकारले संकटकाल घोषणा गरेको अबस्थामा हामी नेपाली समाज, समुदाय र जापानमा बोसोबास गर्दै आएका हरेक नेपालीहरुको स्वास्थ सुरक्षा अत्यन्तै संबेदनशील र प्रभावित भएको छ ।
यस घडीमा छानबिन समितिको काम र प्रक्रियाहरुमा पनि गम्भीर प्रभाब पर्ने गरेको हुनाले केहि समयाबधि थप गरि छानबिन प्रक्रिया अघि बढाउने पर्ने देखिन आएको हुनाले मिति २०२१ जनवरी २२ देखि मिति २०२१ अप्रिल ३० सम्म यो छानबिन समितिको समयाबधि थप गरिको जानकारी दिनुभयो ।

उक्त समितिको कार्यावधि २०२१ जनवरी २२ सम्म भोली सम्म मात्र तोकिएको थियो ।

पछिल्लो समयमा जापानको एनआरएनए एनसीसिमा देखिएको आर्थिक बिबाद समाधानको लागि छानबिन समितिमा संयोजक राजन प्रधानांग सदस्यहरूमा बिजय थकाली, डा.बलराम श्रेष्ठ,शालिग्राम भण्डारी,डा.सरोज कंडेल छन ।

एनआरएनए जापान एनआरएन उच्चस्तरीय छानबिन समितिको अबधि थप गरि २०२१ अप्रिल ३० सम्म गरिएको जानकारी :

सन् २०२० अक्टुबर २ मा एनआरएनए सचिबालयको बैठकले एनआरएनए जापानको साधारण सभामा सेप्टेम्बर १९ तारिखमा भएको साधारण सभामा उठाइको आर्थिक बिबादको सम्बन्धमा आर्थिक हिनामिना तथा अनियमितता छानबिन गरि सत्य तथ्य प्रतिबेदन तयार गर्ने र समाधान गर्न एक उच्चस्तरीय आयोगको गठन गर्न आयोजना गरिएको थियो । एनआरएनएको वित्तीय अनियमितता र अनियमितताहरूबाट उत्पन्न समस्याहरूको स्पस्ट सत्य तथ्यको छानबिन गरि प्रतिबेदन समेत तयार गर्ने सर्बाधिकार सम्पन समिति मिति २०२० अक्टुबर २२ मा निर्णय भैई मिति २०२० नोभेम्बर ४ मा उच्चस्तरीय छानबिन समितिलाई पूर्णता पाई तत्काल यो समितिले छानबिन सुरु गरेको सबैमा बिधितै छ । एनआरएनए जापान लगायत छानबिन संग सम्बन्धित सम्पूर्ण महानुभाबले यस उच्चस्तरीय छानबिन समितिको कामलाइ परिणाम मुखी बनाउन सकारात्मक सदभाब राखी सहयोग गर्दै आउनु भएको छ । बिगत केहि समय देखि जापानमा कोबिडको संक्रमण एक्कासी बढ्दै गएको हुनाले जापान सरकारले संकटकाल घोसणा गरेको अबस्थामा हामी नेपाली समाज, समुदाय र जापानमा बोसोबास गर्दै आएका हरेक नेपालीहरुको स्वास्थ सुरक्षा अत्यन्तै संबेदनशील र प्रभावित भएको छ । यस घडीमा छानबिन समितिको काम र प्रक्रियाहरुमा पनि गम्भीर प्रभाब पर्ने गरेको हुनाले केहि समयाबधि थप गरि छानबिन प्रक्रिया अगी बढाउने पर्ने देखिन आएको हुनाले मिति २०२१ जनवरी २२ देखि मिति २०२१ अप्रिल ३० सम्म यो छानबिन समितिको समयाबधि थप गरि कार्य संम्पन्न गर्ने निर्णय भएको हुनाले सम्बन्धित सम्पूर्णलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको जानकारी गर्दछौ छ ।
छानबिन समितिले थप गरेको अबधि : २२ जनवरी २०२१ देखि ३० अप्रिल २०२१ सम्म

भवदीय
डा.बलराम श्रेष्ठ
सचिबालय-प्रवक्ता
उच्चस्तरीय छानबिन समिति
एनआरएनए
मिति-२०२१ जनवरी २१ तारिख

वोधार्थ:
१) कुमार पन्त (अध्यक्ष, गैरआवासीय नेपाली संघ)
२) महेश श्रेष्ठ (कोषाध्यक्ष, गैरआवासीय नेपाली संघ),
३) गोबिन्द प्रसाद श्रेष्ठ(रोविन्द) संयोजक ,एशिया प्यासिफिक,गैरआवासीय नेपाली संघ
४) देवीलाल भण्डारी (अध्यक्ष,गैरआवासीय नेपाली संघ जापान)

फेसबुकबाट तपाइको प्रतिक्रिया