अभिनेत्री रेखाले बैशाखदेखि होमप्रोडक्सन फिल्मलाई छायांकनमा लैजाने

काठमाडौं । अभिनेत्री एवं निर्मात्री रेखा थापाले आउँदो बैशाखदेखि होमप्रोडक्सन फिल्मलाई छायांकनमा लैजाने घोषणा गरेकी छिन् ।

रेनशा बान्तवासँगको फिल्मलाई थाँती राखेर थापाले आफ्नै निर्देशनमा एक्सन फिल्म बनाउन लागेकी हुन् । अहिले रेखा यही फिल्मको गृहकार्यमा छिन् । फिल्मका लागि रेखाले २० किलो वजन घटाएकी छिन् । स्क्रिप्ट पनि उनी स्वयमले लेखेकी हुन् ।

यो फिल्ममार्फत रेखा नयाँ हिरो लन्च गर्न चाहन्छिन् । हुनेवाला हिरोलाई गोप्य राखेकी छिन् । ‘मेरो यो फिल्मबाट नयाँ हिरोको डेब्यु हुनेछ’ उनले भनिन् । यही फिल्मको लागि भनेर रेखाले तौल ५० किलो बनाएकी छिन् । लकडाउनको समय तौल घटाउने व्यायाममा व्यतित गरिन् ।

व्यक्तिगतरुपमा प्रशिक्षक राखेरै उनले एक्सन कला सिकिरहेकी थिइन् ।

दर्शकको चाहनाअनुसारको फिल्म बन्नेछ’ रेखा भन्छिन्, ‘आउने फिल्ममा दर्शकले मलाई बिल्कुल फरक अवतारमा देख्न पाउनुहुनेछ ।
पछिल्लो फिल्म मालिकामा उनी एक मोटिभेटर पात्रको भूमिकामा देखिएकी थिइन् ।
रेखा थापा र रेनशा बान्तवा राईबीचको सहकार्य तत्काल नहुने भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया