अमिर दोङको ‘रेबन चस्मा’ बजारमा (भिडियोसहित)

काठमाडौँ । तामाङ र्याप गीत ‘रेबन चस्मा’ बोलको गीत बजारमा आएको छ ।

करिब ५ वर्षको अन्तरालपछी YSK समुह पुःन दर्शक माझ फर्किएका हुन । तामाङ गीत सङ्गितमा र्यापको सुरुवात गरेका यि ग्रूपले दर्शकमाझ ‘रेबन चस्मा’ बोलको गीत बजारमा ल्याएर फेरी निरन्तर साङ्गितिक क्षेत्रम्मा फर्किने निधो गरेका छन ।

गीतमा शब्द संगीत र स्वर YSK समुहकै रहेको छ भने भोकलमा शशिकला मोक्तनले साथ दिएकी छिन् । कर्साङ लामाले एरेन्ज गरेको गीतलाई डिका गुरुङले मिक्सिङ गरेका छन् । गीतको निर्देशन तामाङ समुदायका महानायक अमिर दोङ्ले गरेका छन् भने छायांकन संकल्प भुजेलको रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया