टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए ) जापानले NRNA JAPAN CONCLAVE -2021 सुरुवात गरेको छ ।
जनवरी २३ तारिख शनिवार साँझ संघको वार्षिक कार्यतालीकामा उक्त कार्यक्रम कोरोना संक्रमणको कारणले भौतिकरुपमा नभई प्रविधिको माध्यमबाट कार्यक्रमको सुरुवात भएको हो ।
एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीको अध्यक्षता, नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख अम्बिका जोशीको प्रमुख आतिथ्यता र एनआरएनए आइसीसीका उपाध्यक्ष डा.बद्री केसीको विशेष आतिथ्यतामा सुरु भएको कार्यक्रम दुइ सत्रमा संचालन भएको थियो।
जसअनुसार उद्घाटन सत्रमा एनआरएनए जापानकी बरिष्ठ उपाध्यक्ष अनिता गुरुङको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष श्मोहन घले, एनआरएनए जापानका सल्लहाकार नरेन्द्र बस्नेत दिनेश, उच्च स्तरीय समितिका सदस्य धर्म अधिकारी ,संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग, आइसीसी सदस्य तुलशी राम खरेल, एशीया प्यासिफिक संयोजक गोबिन्द श्रेष्ठ रोविन्दले सुभकामना मन्तब्य राखेका थिए ।
सबै बक्ताहरुले एनआरएनए जापानले आज प्रविधिको माध्यमबाट खास गरी जापान स्थित नेपाली समुदायलाई लक्षित गरी अहिलेर समयसामयीक विषयहरुलाई समिति अहिले सम्मकै उत्कृष्ट कार्यको थालनी गरेको र यसले प्रत्यक्ष रुपमा नेपाली समुदायलाई फाइदा पुर्याउने विश्वास व्यक्त गर्नु भएको छ ।
यसैगरी विशेष अतिथि आइसीसी उपाध्यक्ष डा बद्री केसीले जापान यस्तो देश हो जहा बाट २ ओटा आइसीसी अध्यक्ष उत्पादन गर्नसकेको साथै, एनसीसी जापान उत्कृस्ट एनसीसी मध्यको एक रहन सफल भएको, आइसीसीलाई आर्थिक, भौतिक र विभिन्न प्राविधिक विषयमा प्रत्यक्ष सहयोग पुर्याएको र अहिलेको अवस्था यस्तो महत्त्वपूर्ण कार्यको सुरुवातगरी नमुना एनसीसीको रुपमा अग्रपंतिमा रहन सफल भएको जानकारी गराउनु भएको थियो ।
दूतावास जापानका उपनियोग प्रमुख अम्बिका जोशीले यस्तो कार्यक्रममा दुतावासको जहिलेपनि सहयोग रहने, यस्ता कार्यक्रमले नेपालको विकासमा अत्यन्तै सकारात्मक भूमिका खेल्ने, साथै यस कार्यक्रमका हरेक सेसनका बौद्धिक प्यानलिष्टहरुहरु नेपाल सरकारको परराष्ट्र मन्त्रालयको ब्रेन ग्रेन सेन्टरमा समाबेस गर्न आफुजहिले पनि तयार रहेको जानकारी गराउनु भएको थियो । कार्यक्रमको संचालन कार्यक्रममा संयोजक तथा महासचिव जनक बिक्रम शाहीले गरेका थिए। उद्घाटन समारोहको लगत्तै CONCLAVE को पहिलो सेसन “COVID – 19 and the current prospect” विषयक सेसनको सुरुवात भएको थियो । उक्त सेसनको संचालन एलिजा केसीले गर्नु भएको थियो भने प्यानलिस्टहरुमा जापानिज डा युताका तोमिसिमा, डा सन्दीप शाक्य, मिस दिव्या भण्डारी रहेका थिए । सबै प्यानलिस्टहरुले जापानमा कोरोनाको हालको अवस्था, जापानका हस्पिटलमा नेपाली बिमारीहरुको पहुच यसका चुनौती र अवसरहरुको वारेमा बिस्तृत रुपमा छलफल भएको थियो ।
उक्त कार्यक्रममा कोरोना बाट संक्रमितभै भर्खरै मात्र ठिक हुनु भएका एनआरएनए जापानका सल्लाहकार बाबुराम भण्डारीले आफुले भोगेको अनुभव यसबाट सिक्नु पर्ने पाठ र बच्न अपनाउनु पर्ने उपायहरुको वारेमा विस्तृत रुपमा राख्नु भएको थियो ।
यस समिटको दोश्रो सेसन यहि जनवरी ३१ आइतवारको दिन साँझ ८ बजे जापान समयबाट प्रवासमा बालबालिकाको जीवन, अवसर र चुनैती विषयमा रहने एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया