विश्वमा दुई करोड ५८ लाख भन्दा बढीमा कोरोनाको सक्रिय संक्रमण

विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ९ करोड ९७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा ४ लाख ४३ हजार भन्दा बढीमा संक्रमण पुष्टिभएसंगै संक्रमितको संख्या ९ करोड ९७ लाख ६९ हजार ६९८ पुगेको छ ।

यस्तै, हालसम्म विश्वमा मृत्यु हुनेको संख्या २१ लाख ३८ हजार ९४२ पुगेको छ । विश्वमा ७ करोड १७ लाख ४१ हजार ८६० संक्रमणमुक्त भएका छन् । सक्रमितमध्ये २ करोड ५८ लाख ८७ हजार ६९० जना सक्रिय संक्रमित छन् १ लाख १० हजार ३६२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या २ करोड ५७ लाख २ हजार १२५ पुगेको छ । अहिलेसम्म ४ लाख २९ हजार ४९० जनाको मृत्यु भएको छ । हालसम्म १ करोड ५४ लाख ९ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, छिमेकी मुलुक भारतमा संक्रमित संख्या १ करोड ६ लाख ६८ हजार ३५६ पुगेको छ । १ लाख ५३ हजार ५०३ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया