स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले शानदार जित निकालेको छ ।
गएराति भएको खेलमा बिल्बाओले गेटाफेलाई ५(१ को फराकिलो अन्तरले पराजित गरेको हो । बिलवाओ शुरुमै पछि परे पछि उत्कृष्ट पुनरागमन जित निकाल्न सफल भयो ।
गेटाफको मार्क कुकुरेल्ला सासेस्टाले पहिलो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । उक्त अग्रतालाई भने गेटाफेले जोगाउन असफल रह्यो । १२ औं मिनेटमा राहुल गार्सियाले गोल गर्दै बिलवाओलाई बराबरीमा ल्याएका थिए ।५०औँ मिनेटमा यारे अल्भारेजले गोल गर्दै बिल्बाओलाई २(१ को अग्रता दिलाए ।
गार्सियाले ६१औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा बिल्बाओ ३(१ ले अघि रह्यो । ७५औँ मिनेटमा एलेक्स बेरेनगुएरले गोल गर्दै घरेलु टोलीलाई ४(१ को अग्रता दिलाए ।
८२ औँ मिनेटमा ओस्कर डि मार्कोसले गोल गर्दा बिल्बाओ ५(१ ले विजयी भयो ।
जितसँगै २४ अंकसहित बिल्बाओ लिगको नवौं स्थानमा उक्लिएको छ । गेटाफे २३ अंकसहित १३औँ स्थानमा छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया