जापान । जापानका सफल ब्यवसायी ,समाजसेवी ददिवल खड्काको आर्थिक सहयोगमा संरक्षक विहीन विमलको घर निर्माण गरिएको छ ।
अन्नपूर्ण गाउँपालिका घारका ६ का संरक्षक विहीन विपन्न विमल खड्काको घर बनाउन मोना जापानका सल्लाहकार तथा एनआरएनए आईसीसी सदस्यसमेत रहनु भएका ददिवल खड्काले एक लाख रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।
मोना जापानका सदस्य रुपचन्द्र बरुवाल मार्फत खड्काले पठाउनु भएको एक लाख रुपैयाँ विहिवार अन्नपूर्ण गाउँपालिका, ६ घारका वडाध्यक्ष कृष्णप्रसाद बरुवालले आफन्त तथा स्थानीयको रोहोवरमा विमल खड्कालाई हस्तान्त्रण गर्नु भएको थियो ।
२०७२ सालको भुकम्पले क्षतिग्रस्त निजी घर निर्माण गर्न पुनःनिर्माण प्राधिकरणले तीन लाख रुपैयाँ दिने भनेपनि विमलको घर बनाउने जग्गा हजुर आमाको नाममा रहेको तर हजुरआमा र बुबा लालबहादुर खड्कासमेतको निधनभै सकेको र आमाले पनि दोस्रो विबाह गरि गएकोले विमलको नाममा जग्गा रजिष्टेसन पास नहुँदा घर बनाउन समस्या भएको थियो । विमलको १४ वर्षिय बहिनी विमला पनि छन् ।
जापानमा भेटघाट रेष्टुरेण्ट लगाएत आधा दर्जन रेष्टुरेण्टहरु ब्यवसायी गर्दै भएका खड्काले नेपालीहरुको विभिन्न समस्यामा सहयोग गर्दै आउनु भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया