कोरोना संक्रमणबाट विश्वमा २२ लाख ४७ हजार भन्दा बढीको मृत्यु

विश्वमा हालसम्म सात करोड ५७ लाख २७ हजार ७ सय भन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन्। यस्तै, पछिल्लो २४ घण्टामा ३ लाख ७६ हजार भन्दा बढी संक्रमित भएका छन् । यो संगै विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ३९ लाख २९ हजार ६८ पुगेको छ ।

संक्रमितमध्ये २२ लाख ४७ हजार ६ सय ५२ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ९ सयबढीको मृत्यु भएको थियो । हाल विश्वमा दुई करोड ५९ लाख ४८ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र अमेरिकामा हालसम्म दुई करोड ६९ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ६६ लाख २९ हजारभन्दा बढी निको भएका छन् भने चार लाख ५४ हजार २ सय १३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड सात लाख ६७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड चार लाख ४७ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ५४ हजार पाँच सय २२ जना पुगेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया