स्वेता खड्का ।
’धुर्मुस सुन्तली फाउण्डेशन’ को झै हाम्रो पीडा पनि उही हो । निर्माणाधीन माझी बस्तीले पनि ऋण बोकेर नै बसेको छ । स्थानीय सरकार, सरोकारवाला निकाय तथा विभिन्न दाताहरुलाई माझी बस्तीसँग जोडिदिने हाम्रो प्रयासमा धेरै मनकारी सहयोगीहरु भेटिनु भयो । अनि आफ्नो क्षमता, दक्षता र गक्षले भ्याएसम्मको सहयोग गर्नुभयो । तर केही यस्ता दाताहरु पनि भेटिए जस्ले सहयोग रकम बोल्नु भयो ।
तर सहयोग उपलब्ध गराउनु भएन । हामीले कुनै जोर जबर्जस्ती नगरिकनै आफ्नै मनले, स्वःतस्फुर्त रुपमा कबुल गर्नु भएको सहयोग प्रदान गर्नलाई आनाकानी गर्नेहरुको लिष्ट लामै छ । खैर, दान-धर्म र कर्म भनेको मनदेखी स्फुटन हुने कुरा हो ।
हामीले त सहयोगको अपिलसम्म गर्ने हो । बलजफ्ती गर्ने होइन । तथापी, आफ्नो प्रतिवद्धता र कटिवद्धतालाई भुलेर गरीवहरुको आशा र भरोशामाथि खेलवाड गर्नु भने पक्कै राम्रो होइन । पूरा गर्न नसक्ने वाचा, पूर्ति गर्न नसक्ने आश्वासन र दिन नसक्ने सहयोगको कुनै अर्थ छैन । अतः आफूलाई समाजसेवीको रुपमा चिनाउन कोही कसैको भरोशामाथि खेलवाड नगरौं ।

फेसबुकबाट तपाइको प्रतिक्रिया