जापान । जापानमा कोरोना भाइरस संक्रमण अझै नियन्त्रणमा नआएकोले १० प्रान्तमा आपतकालन घोषणा थप एक महिना विस्तार हुने भएको छ ।
मंगलबार साँझ पत्रकार सम्मेलन गरेर जापानका प्रधानमन्त्री योशिहिदे सुगाले थप एक महिना आपतकाल विस्तार हुने घोषणा गरेका हुन ।
टोकियो महानगर सहित,साईतामा,चिबा, खानागावा, ओसाका,गिफु,आईची, ह्योगो, क्योतो,फुकुओकामा थप एक महिना आपतकालिन अवस्था विस्तार गरेको हो ।
तोचिगी प्रान्तमा भने जनवरी ७ तारिख मध्यरातको १२ बजेबाट फेब्रअरी ७ सम्म कायम रहने जनाएको छ । कोरोना संक्रमण उच्च रूपमा बढ़ेपछि गत महिनाबाट टोकियो सहित ११ प्रान्तमा आपतकाल घोषणा भएको थियो ।
जापानले अन्य मुलुकहरूमा खोप कार्यक्रम ल्याउने क्रममा सरकारले फेब्रुअरीको अन्त्यमा चिकित्साकर्मीहरूको खोप सुरु गर्ने वाचा गरेको छ ।
जनवरी ७ तारिख मध्यरातको १२ बजेबाट फेब्रअरी ७ सम्म लागु भएको आपतकाल अझै कोरोना नियन्त्रण नआएपछि थप मार्च ७ सम्म् सम्मको लागि आपतकाल घोषणा हुने जनाएको हो । जापानमा कोरोना संक्रमण कम गर्न भेटघाटबाट टाढा रहन र रेस्टुरेन्टको राती ८ बजेसम्म ब्यवसायी गर्न अनुरोध समेत गरेको थियो ।
कोरोनाभाइरसको फैलावट संक्रमण स्थितिको विश्लेषण गर्न जारी राख्ने र यदि सुधारको पुष्टि हुदैं आए थपिएको म्याद अगाडि आपतकाललाई रद्द गर्न सक्ने समेत जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया