जापान । जनता समाजवादी पार्टी, नेपाल प्रवास विशेष प्रदेश समितिले एनआरएन संयोजक, प्रशिक्षण संयोजक र महिला संयोजक तोकेको छ ।
प्रदेश समितिले एनआरएन संयोजकमा अष्ट्रेलियामा रहेका सुहान चौलागाईलाई तोकेको हो भने प्रशिक्षण संयोजकमा युएईमा रहेका डेरराज तमुलाई तोकेको छ त्यस्तैगरि महिला संयोजकमा जापानमा रहेकी सरिता ढकाललाई तोकेको छ । प्रदेश समितिको बैठकमा अष्ट्रेलियाबाट प्रवास विशेष प्रदेश समितिको सदस्यमा मनोनीत आशिष शेर्पालाई सफथ ग्रहण पनि गराईएको थियो ।
प्रवास प्रदेशका अध्यक्ष धन गुरुङको अध्यक्षतामा सम्पन्न बैठकलाई मुख्यसचिव विश्वास दीप तिगेलाले संचालन गरेका थिए । जसपाको हाल सम्म २० मुलुकमा समितिहरु रहेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया