विश्वमा कोरोना भाइरस संक्रमितको संख्याको १० करोड ४३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ३७ हजार ८ सय भन्दाबढी संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १० करोड ४३ लाख ९१ हजार १८७ जना पुगेको छ ।
यस्तै, हालसम्म २२ लाख ६२ हजार ७३३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार चार सय ५७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये हालसम्म ७ करोड ६२ लाख ४६ हजार ५४२ जना संक्रमणमुक्त भएका छन् ।
संक्रमितमध्ये २ करोड ५८ लाख ७६ हजार ४५२ जनामा सक्रिय संक्रमण छ भने १ लाख ७ हजार भन्दाबढीको अवस्था गम्भीर छ ।सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या २ करोड ७० लाख २७ हजार ३४७ पुगेको छ। अहिलेसम्म अमेरिकामा ४ लाख ५७ हजार ८५६ जना संक्रमितको मृत्यु भएको छ । संक्रमितमध्ये १ करोड ६७ लाख ५० हजार ४२२ जना निको भएका छन्
यसैगरी,भारतमा संक्रमितको संख्या एक करोड सात लाख ७८ हजार २०६ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५४ हजार छ सय ३५ पुगेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया