गायिका पूर्णिमा लामालाई प्रतिष्ठानबाट मानार्थ सम्मान

काठमाडौं । गायिका पूर्णिमा लामालाई लोक दोहोरी गीत प्रतिष्ठानले मानार्थ सदस्यता प्रदान गरेको छ । गायिका लामालाई माघ १० गते भएको प्रतिष्ठानको २०औं वार्षिक साधारणसभामा सदस्यता प्रदान गरेको हो ।

प्रतिष्ठान अध्यक्ष रमेश बिसी, वरिष्ठ गायिका तथा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रिता थापाले सदस्यता प्रदान गरेका थिए । गायिका लामाले प्रतिष्ठानबाट सम्मानित भए पश्चात् गीतसंगित क्षेत्रमा अग्रसर हुन थप उर्जा मिलेको बताइन् । उनले यस क्षेत्रमा निरन्तर अघि बढिरहने वचनसमेत व्यक्त गरिन् ।

धादिङ, गल्छी गाउँपालिका-७, बैरिनीकी गायिका लामा यतिबेला गीत रेकर्डिङमा व्यस्त छिन् । सानै उमेरमै चर्चित गायिका बनेकी लामाले चार सयभन्दा बढी गीतमा आवाज दिइसकेकी छिन् । लामाले गाएकी गीतहरु युट्यूवमा प्राय करोडभन्दा धेरैले हेरिरहेका हुन्छन् ।

कभर गीतबाट गायन क्षेत्रमा प्रवेश गरेकी गायिका तामाङले हङकङ, कोरिया, मलेसिया, दुबई, कतार, लगायत अन्य थुप्रै देशहरुमा आफ्ना प्रस्तुति दिइसकेकी छिन् । आधा दर्जनभन्दा बढी उत्कृष्ट गायिकाको अवार्ड समेत चुमिसकेकी गायिका तामाङकी सहोदर दिदी मिना लामा, निर्मला लामा पनि गीतसंगीतकै क्षेत्रमा छिन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया