एनआरएनएको भर्चुअल मनोरञ्जनात्मक कार्यक्रम

जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले यहि फेब्रुअरी ६ तारिख शनिबार ‘NRNA Reflection -2021’ नामक अनलाईन मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रममा, एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो देखि बर्तमान अध्यक्ष कुमार पन्त सम्मले चुडकिला ,मुक्तक,सायरीका साथ मनोरंजनात्मक प्रस्तुतिमा उपस्थिति हुने भएका छन् । उक्त कार्यक्रम सबै सहभागीहरुले आआफ्नो घरमा बसेर मनोरंजनात्मक रूपले भर्च्युअल्लीउपस्थिति जनाउने छन् । एसिया ,मिडल इस्ट ,अफ्रीका ,युरोप ,अस्ट्रेलिया तथा अमेरिका क्षेत्र बाट सबै जना पुराना तथा नयाँ एनआरएनहरु सहभागी हुने जनाइएको छ ।

कार्यक्रमका संयोजक तथा परिकल्पनाकार एनआरएन जापानका पूर्व अध्यक्ष एवं एसिया प्यासिफिकका उप संयोजक पारस मणि पोखरेलका अनुसार यो कार्यक्रम,कोभिड १९ को बिचमा यो भर्चुअल रुपमै भएपनि मनोरंजनात्मक प्रस्तुतीहरुले रि-फ्रेश गराउनुका साथै गैरआवासीय नेपालीहरूलाई अझ आत्मीय बढाउँदै एकताबद्ध बनाउने प्रयास हो ।

‘NRNA Reflection 2021’मा नेपालका राष्ट्रिय कलाकारहरु आनन्द कार्की , दिपा श्री निरौला ,जितु नेपाल,सुगम पोखरेल,सन्दिप क्षेत्री,संजय श्रेष्ठ एवं सिर्जना खत्रीको सहभागीता रहने छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया