जापान । ब्लड क्यानसर प्राणघातक रोगबाट पीडित आरुष तामाङको जिवन रक्षाको लागि जापानबाट अक्षरुपी दुईलाख छयासी हजार तीन सय चार रुपैया सहयोग गरेको छ ।
काभ्रे जिल्ला पाँचखाल–१, अनेकोट निवासी ३ बर्षिय आरुष तामाङ बिगत केही महिनादेखी ब्लड क्यानसर जस्तो प्राणघातक रोगबाट पीडित थियो ।
परिवारको आर्थिक अवस्था निकै कमजोरका कारण आरुषको उपचारको लागि सहयोगी मनहरुलाई सहयोगको लागि आग्रह गरिएको थियो । पीडितको अग्रह अनुसार नेपाल तामाङ समाज जापन क्षेत्रीय कमिटी फुकुओकाले आर्थिाक सहयोग संकलन अभियान चलाएको थियो । क्षेत्रीय कमिटी सदस्य अस्मिता ब्लोन लामाको नेतृत्वमा चलाएको अभियानबाट संकलित २,८६,३०४ रुपैया युवा समाज सेवी ईन्द्र लामाले पीडित आरुष तामाङको परिवारलाई हस्तान्तरण गर्नुभयो ।
तामाङ समाज जापान केन्द्रिय समिती र क्षेत्रीय कमिटी किताकान्तोको बिशेष सहयोग रहेको उक्त आर्थिक संकलन अभियानमा जापानवासी मनकारी नेपालीहरुले सहयोग गरेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया