एनआरएनए जापानले नेपाली महिलालाई जापानमा चुनौति र अवसर बारे कार्यक्रम गर्ने

जापान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानले गत जनवरी २३ तारिख देखी बिभिन्न विषयमा चरणवद्द रुपमा NRNA JAPAN CONCLAVE 2021 नामक कार्यक्रमको आयोजना गर्दै आएकोछ ।

अहिलेसम्म तिन ओटा सेसनको आयोजना भैसकेकोछ भने सुरुवातीमा ४ ओटा सेसनको तय गरी सुरुगरेको कार्यक्रम थप सुझाव र सल्लाह प्राप्त भयअनुसार महिला समस्या एवं अन्य गतिबिधी सम्बन्धी पनी कार्यक्रम गर्दा राम्रो हुने भन्ने कुरा आएकोले चार सेसनको कार्यक्रमलाई थप गरी पाँच पुर्‍याएकोछ । एनआरएनए जापानकी महिला संयोजक संगिता अधिकारी सुवेदी लाई उक्त सेसनको आयोजनाको जिम्मेवारी दिइएअनुसार “Challenges and opportunities for a Nepali woman in Japan” विषयक सेसनको तय भएको जानकारी प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी गराउनु भएको विषयक सेसनको तय भएको जानकारी प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी गराउनु भएको छ ।

उक्त कार्यक्रमको संचालन महिला संयोजक संगिता अधिकारी सुवेदीले गर्नुहुनेछ भने प्यानलिस्टहरु नेपालबाट एक जना महिला अधिवक्ता,जापान अध्ययन सकेर नेपाल रहनु भएकी एक जना मेडिकल डाक्टर र २ जना जापानमा रहनुहुनेछ । कार्यक्रम यही फेब्रुवरी १२ तारीख बेलुका ८ बजेबाट हुने जनाएको छ ।
अन्य कार्यक्रम गरी बिभिन्न बिषयमा पाँच वटा सेसन मध्ये तिनवटा सेसन भने सम्पन्न भई सकेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया