गजल,
महामारीमा जिन्दाबाद मुर्दाबाद,थेग्न गाह्रो भो
आशा हराएको तनमा,खुसीले सेक्न गाह्रो भो ।
समृद्धिका खुसी खोज्न जुलुशमा सगै थ्यौ
बिखन्डनका बेतुक कुरा, देख्न गाह्रो भो ।
छिछि दुरदुर कति सक्छौ, निम्छारा गालीहरु
ताकी ताकी तीरले हान्छौ, छेक्न गाह्रो भो ।
समृद्धिका कुरा खुबै गर्यौ,खै के के पुरा गर्यौ ?
भाले जुधाई गरेर,लाजले आगंन टेक्न गाह्रो भो ।
धोकेबाज नेतालाई,कुन शव्दले बोलाउ र ?
कापी कलम साथमै छ तर ,लेख्न गाह्रो भो ।
@बेलुकाजी थापा

फेसबुकबाट तपाइको प्रतिक्रिया