टोकियो । नेपाल तामाङ् समाज जापानले सोनाम ल्होछारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम तथा तामाङ् पहिरन फोटो प्रतियोगिताको विजेता घोषणा गर्ने भएको छ ।
२८५७औं सोनाम ल्होछार घर घरमै मनाऔं ! आफ्नो मौलिक संस्कृतिको संरक्षण र सम्वर्धन गरौँ भन्ने मुल नाराका साथ तामाङ् समुदायको मौलिक संस्कृति बोकेको तामाङ् भेषभुषाको संरक्षण गर्ने उद्देश्यले फोटो प्रतियोगिता कार्यक्रम गरिएको थियो ।
ल्होछारको अवसरमा प्रत्येक वर्ष सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको तामाङ् समाज जापानले यस पटकको मंजुश्री सम्बत २८५७औं लाङ् ल्हो गाई बर्ष सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम कोरोना महामारीको प्रभाबको कारण गर्न नसकिने भएकाले फोटो प्रतियोगिता कार्यक्रममै सिमित हुनुपरेको र यस ष्र्याको कार्यक्रम बागमती प्रदेश उप सभामुख राधिका तामाङ प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान गर्ने समाजका महासचिव बलराम थिङ तामाङले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार येन दोश्रोलाई २० हजार येन तेश्रोलाई १० हजार येन र अन्य तिनजनालाई सान्त्वना पुरस्कार र सम्मान पत्रको व्यवस्था गरिएको र तामाङ् पहिरन फोटो प्रतियोगिताको विजेता घोषणा कार्यक्रममा सहभागि हुन सबैलाई समाजकी अध्यक्ष रूबीना तामाङले अनुरोध गर्नु भएको छ ।
तामाङ जातीहरुको महान पर्व नयाँ बर्ष २८५७ औँ लाङ ल्हो सोनाम ल्होछारको “शुभकामना आदान प्रदान तथा फोटो कन्टेस्ट प्रतियोगिताको नतिजा सार्वजानिक कार्यक्रम”फेव्रुअरी १४ तारिख अर्थात फागुन २ गते अनलाइन माध्यम जुमबाट हुने भएकोले यहाँहरुको गरिमामय सहभागिताको लागि अनुरोभ गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया