सनराइज बैंकको सीइओमा सुमन शर्मा नियुक्त

काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई सीइओमा नियुक्त गरेको हो ।

बैंकका पूर्व सीइओ जनकराज पौडेलले राजीनामा दिएपछि शर्मालाई नियुक्त गरिएको हो । शर्मा यस अघि माछापुच्छ्रे बैंकमा सीइओ थिए ।

बैंकिङ क्षेत्रका विभिन्न विषयमा विज्ञता हासिल गरेका शर्मा व्यवसाथापनमा उत्कृष्ट मानिन्छन् ।

सनराइज बैंकका निर्वतमान सीईओ जनक शर्मा पौड्यालले मंगलबार मात्रै पदबाट राजीनामा दिएका थिए । पौड्यालको राजीनामा स्वीकृत गरेको भोलिपल्टै शर्मालाई नयाँ सीईओ नियुक्त गरिएको हो । उनले आज बुधबारबाटै कार्यभार सम्हालिसकेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया