जापानको शक्तिशाली भूकम्पबाट मानबिय क्षतिको विवरण आउनेक्रम जारी,घाईतेको संख्या १०० नाघ्यो

टोकियो । जापानको शक्तिशाली भूकम्पबाट मानबिय क्षतिको विवरण आउनेक्रम जारी रहेको छ ।
आइतबार बिहानसम्म ९६ जना घाईतेको भएका छन । भूकम्पको केन्द्रबिन्दु फुकुशिमा र मियागी प्रान्तमा बिभिन्न ठाउँमा क्षतिको स्थिति अन्यत्रको भन्दा बढी रहेको समाचारमा जनाएको छ ।
फेब्रअरी १३ तारिख शनिवार राती ११:०७ बजे गएको भूकम्पले फेब्रअरी १४ तारिखको बिहान ६ बजेसम्म १०२ जना घाईते भएको विवरण आएको छ ।
अग्नि विभागका अनुसार भूकम्पले फुकुशिमा प्रान्तमा ४९ जना र मियागी प्रान्तमा ३८ गरि जम्मा ८७ जना घाईते भएका छन् ।
तोचिगी प्रान्तमा ३ जना घाइते ,इबाराकी केनमा पनि ३ जना घाइते ,चिबा,साईतामा र गुन्मा प्रान्तहरूमा १र१ जना घाइते भएको विवरण छ ।
जापान मौसम बिज्ञान एजेन्सीका भूकम्प सूचना योजना अधिकृत नोरिको कामयाले प्रकोपको बढ्दो जोखिम रहेको जनाएका छन । खतरनाक ठाउँहरूमा प्रवेश नगरी आफूलाई सुरक्षित राख्न कोसिस गर्न र अर्को हप्ता वा त्यसपछिको भूकम्पको बारेमा सावधान हुन अपील गरेको छ ।
शक्तिशाली भूकम्पबाट फुकुसीमा,मियागी ,टोकियो लगाएको क्षेत्रका ८ लाख ६० हजार घर बिजुली बन्द भएको छ ।
सुरुमा ७.१ म्याग्निच्युड भुकम्प गएको उल्लेख भएपनि ७.३ म्याग्निच्युडको ठूलो भुकम्प गएको जापान मौसम एजेन्सीले जनाएको छ ।

सुनामीको चेतावनी नभएता पनि फुकुसीमा तथा मियागी प्रान्तका केही समुद्री सतहमा छालहरु आउन सक्ने सम्भावना रहेकाले सावधान रहन आग्रह गरिएको छ ।
बिवरण आउनेक्रम जारी छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया