जापानमा छायांङ्कन गरिएको म्यूजिक भिडियो “माया लाऊ कि नलाऊ” सार्वजनिक

जापान । टोकियोमा छायांङ्कन गरिएको माया लाऊ कि नलाऊ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । माया लाऊ कि नलाऊ बोलको म्युजिक भिडियो RisingNepal Entertainment YouTube मार्फत सार्वजनिक भएको हो ।

गायक महेश शिवाको स्वर रहेको यस गीतमा म्युजिक एरेन्ज धनु ग्यानजिमाईको छ भने यस भिडियोको छायांङ्कन,सम्पादन र निर्देशन केही समय पहिले देखि नै निरन्तर म्युजिक भिडियो निर्माण गर्दै आएका नेपाली गीतलाई निरन्तर माया गर्ने संगित प्रेमी तेजेन्द्र भन्डारीको रहेको छ । यस गीतमा मोडलका रुपमा हेमन्त खत्री र अनु मगर लगायत मनोज जंग क्षेत्री,महेश जंग क्षेत्री,राम खत्रीलाई देख्न सकिन्छ ।

अडिसन दर्लामी मगरको संयोजन समेत रहेको यस गीत लाई संसारकै व्यस्त शहर मानिने टोकियोमा छायांङ्कन गरिएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया