विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ लाख ११ हजार ४४५ पुगेको छ । यो विश्वभर कूल सङ्क्रमित सङ्ख्याको २.२ प्रतिशत हो। हालसम्म संक्रमितको संख्या १० करोड ९३ लाख ८८ हजार ४६३ पुगेको छ ।
यस्तै, विश्वमा ८ करोड १४ लाख ७१ हजार भन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । संक्रमितमध्ये २ करोड ५३ लाख ५४ हजार भन्दाबढी सक्रिय संक्रिमत रहेका छन् भने ९८ हजार ४७३ जनाको अवस्था गम्भीर रहेको छ ।
कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा चार लाख ९७ हजार १७४ जनाको मृत्यु भएको छ भने २ करोड ८२ लाख ६१ हजार भन्दा बढी संक्रमित भएका छन् ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या १ करोड ९ लाख १६ हजार नाघेको छ भने १ लाख ५५ हजार ७ सय बढीको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया