राष्ट्रिय महिला लिग :चन्द्रपुरलाई हराउँदै वालिङ तेस्रो स्थानमा

राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लेको छ ।

सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङले चन्द्रपुर नगरपालिकालाई ३–० गोलअन्तरले पराजित गरेको हो । लिगको अन्तिम खेलमा वालिङका लागि हिमा रावत, अमिशा कार्की र विदेशी खेलाडी मेथो रुथले एक एक गोल गरे। खेलको १७ औं मिनेटमा रावतले गोल गर्दै वालिङलाई अग्रता दिलाए ।

यस्तै खेलको ४७ औं मिनेटमा रुथले तथा खेलको ५४ औं मिनेटमा कार्कीले वालिङका लागि गोल गरेका थिए। वालिङले १२ खेलमा १७ अङ्क जोडेको छ । चन्द्रपुर ९ अङ्क जोड्दै लिगको छैटौं स्थानमा रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया