जापान । प्रवासी नेपाली एकता मञ्च जापानले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।
फेब्रुअरी २३ तारिख प्रवासी नेपाली एकता मञ्च जापानका अघ्यक्ष हवल चन्द्र लामा र सचिव सालिकराम भण्डारीले प्रेस वक्तब्य जारी गर्दै विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुने गरी सम्मानीत सर्वोच्च अदालतले गरेको फैसलाले लोकतन्त्रको घज्जी उडाउँदै गत पौष ५ गते प्रतिनिधिसभा विघटन बदर सर्वोच्च अदालतको निर्णय न्यायप्रेमी नेपाली जनताको पक्षमा भएको ठहर गरेको छ ।
यसै विरुद्धमा भएको सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले सम्पूर्ण न्यायप्रेमी नेपाली जनताको विजय भएको छ । फैसलाको स्वागत गर्दै, फैसला गर्ने प्रधानन्यायाधीश र न्यायिक टिम, सम्पूर्ण अधिवक्ता ,न्याय र सत्यको लागि सशक्त आवाज बुलन्द गर्ने सम्पूर्ण नेपाली जनता, राजनीतिककर्मी ,बुद्धिजीवी पूर्व प्रधान न्यायाधीशहरु, नागरिक समाज, विद्यार्थी,मज़दूर ,पेशाकर्मी,प्रबासमा रहेर आफ्नो मातृभूमिप्रति सदा चिन्तित रहने तमाम नेपाली दिदीबहिनी दाजुभाईमा ओलीको असंम्बैघानिक र अलोकतान्तरिक कदमको बिरुद्दमा आवाज बुलन्द गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
मञ्चले ऐतिहासिक फैसलाले प्रतिगामी कदम चाल्ने धृष्टताको पराजय भएको छ र आगामी दिनमा यस्तो दुस्साहस गर्न सक्ने कुटिल ओली प्रवृत्तिलाई निरुत्साहित गर्न पनि गतिलो पाठ भएको जनाएको छ ।


फेसबुकबाट तपाइको प्रतिक्रिया