जापान । जापानको राजधानी टोकियो लगाएत विभिन्न १० प्रान्तहरुमा गत जनवरी महिनादेखि कायम रहेको आपतकाल केहि स्थानहरुमा तोकिएको समय अघि नै हटाउने तयारी गरिएको छ ।
कोरोना संक्रमित नियन्त्रण नजिक आएपछि ओसाका, ह्योगो,क्योतो,आईची र गिफु प्रान्तमा कायम आपतकाल यहि महिनाभित्र हटाउने तयारी गरिएको हो । ति प्रान्तका गभर्नरहरुले मंगलबार जापानका आर्थिक पुनरुत्थान मन्त्री निशिमुरा समक्ष आफुहरुको प्रान्तमा मार्च ७ सम्मका लागि तोकिएको आपतकाल यहि फेब्रुअरी २८ तारिखबाट हटाउन अनुरोध गरेका हुन् । स्थानीय सरकारको अनुरोधपछि केन्द्र सरकार तथा विज्ञहरुको समुहले तत्काल आपतकाल हटाउन सकिने या नसकिने बारे अध्ययन गरि यहि फेब्रुअरी २६ तारिख निर्णय गरिने जनाएको छ ।
जापान स्वास्थ्य मन्त्रालयका विशेषज्ञहरुको बैठकमा आपत्काल हटाउने तयारी गरिएका स्थानहरुको अवस्था विश्लेषण गरिने जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया