गम्भिर बिरामी गम जुग्जाली मगरको उपचारको लागि ४ लाख ५२ हजार आर्थिक सहयोग

सबिनबाबु मगर, जापान । कलेजो तथा घाटिको गम्भिर बिरामी गम जुग्जाली मगरको लागि नेपाल मगर संघ जापानको ४ लाख ५२ हजार आर्थिक सहयोग गरेको छ । नेपालको म्याग्दल्ला घर भई हाल जापान टोकियो, निशिनिप्पोरी बस्दै आउनु भएका नेपाल मगर संघ जापानका संरक्षक गम जुग्जाली मगरलाई नेपाल मगर संघ जापानद्धारा ४ लाख ५२ हजार आर्थिक सहयोग गरेको हो ।

जुग्जाली मगर गत डिसेम्बर २१ देखी कलेजो तथा घाटिको गम्भिर बिरामी भई उपचारार्थ हुनुहुन्थ्यो । लामो समय सम्म सघन उपचार कक्ष आइसीयूमा उपचार तथा दुबै कलेजोको अप्रेसन पस्चात थप घाटिको अप्रेसन पनि गर्न पर्ने तथा अत्याधिक आर्थिक भार पर्ने देखिएको हुनाले नेपाल मगर संघ जापान केन्द्रिय समितिका अध्यक्ष नबिन थापामगरको संयोजकत्वमा सहयोग रकम उठाइएको थियो । रोल्पा समाज जापानबाट एकमुस्ठ ५२ हजार येन र नेपाल मगर संघ जापानको अभियानबाट संकलित ४ लाख येन गरी करिब ४ लाख ५२ हजार येन सहयोग रकम गत आइतबार बिरामीको निवासमा गई हस्तान्तरण गरिएको हो । उक्त दिन सहयोग रकम हस्तान्तरण संगै स्वास्थ्य लाभको कामना गर्न संयोजक नबिन थापामगर लगाएत नेपाल मगर संघ जापानका सल्लाहकार खगेन्द्र पुन मगर, दिपक बुर्जा मगर, कान्तो क्षेत्रिय समितिका अध्यक्ष रित राना मगर, सल्लाहकार टिका रानामगर ,समाजसेवी इश्वर गुरुङ लगाएत करिब १ दर्जन युवाहरुको उपस्थिती रहेको थियो । सोही दिन पुन क्लब जापानका अध्यक्ष लगाएत युवाहरुको पनि निज जुग्जालीलाइ आर्थिक रकम सहयोगसंगै स्वास्थ्य लाभको कामना को लागि उपस्थिती थियो ।
भेटमा जुग्जाली मगरले निकै भावुक हुदै सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद आभार प्रकट गर्दै यो हौसलाले छिट्टै रोगलाइ परास्त गर्ने हिम्मत मिलेको बताउनुभएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया