टोकियो । जापानबाट निसान मोटर कम्पनीका पूर्व अध्यक्ष कार्लोस घोस्नलाई भाग्न मद्दत गरेको आरोपमा पक्राउ परेका दुई अमेरिकी नागरिकलाई जापान ल्याईएको छ ।
कार्लोसलाई भाग्न मद्दत गरेका ति दुई बुबा र छोरा मंगलबार नारिता विमास्थल हुँदै जापान ल्याईएको हो ।
गत मे महिनामा अमेरिकामा आरोपमा पक्राउ परेका २ जनालाई जापानको जिम्मा लगाइएको छ । आर्थिक हिनामिनाको आरोपमा पक्राउ परेका कार्लोस अदालतमा मुद्दा चलिरहेकै बेला लेबनान भागेर गएका थिए । कार्लोसलाइ भाग्न सहयोग गरेको आरोपमा अमेरिकाले नियन्त्रणमा लिएका आफ्ना २ नागरिक ६० बर्षका माइकल टेलर र २८ बर्षका पिटर टेलरलाई जापानी प्रहरीकाको बसबाट नारिताबाट टोकियो ल्याएको छ ।
निसानका पूर्व अध्यक्ष कार्लोसलाई लुकाएर निजी विमान मार्फत लेबनान भाग्न सहयोग गरेको आरोप उनीहरुलाई लगाइएको थियो ।
अध्यागम नियम उल्लघन गरेको आरोपमा कार्लोस बिरुद्द पक्राउ पुर्जी जारी गरेको थियो । कार्लोसलाई भगाउन माइकलले छोरा पिटरमार्फत १.३ मिलियन डलर लिएको प्राप्त गरेको समाचारमा उल्लेख छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया