टोकियो । स्याङ्ग्जा समाज जापान यतिवेला जापानको विभिन्न क्षेत्रहरुमा क्षेत्रिय समिति विस्तार गर्दै छ । समाजले यसै क्रममा यहि मार्च २१ तारिख आईतबार सिजुओका क्षेत्र गठन हुने भएको छ । यसअघि फेब्रुअरी २१ तारिख नागोया क्षेत्र समितिको तेस्रो अधिवेशन सम्पन्न भएको थियो ।
नागोयामा निशान रानाको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति गठन भैसकेको छ । यसैगरि क्युसु क्षेत्रिय समितिमा पनि अधिवेशनको तयारी हुँदै गरेको समाजका अध्यक्ष सागरमणी भण्डारीले जानकारी दिनु भयो ।
विभिन्न पेशामा जापानमा रहेका स्याङ्जालीहरुको साँझ संस्था स्याङ्ग्जा समाज जापानको अधिवेशन अगामी मार्च २८ तारिख आईतबार हुँदै गर्दा समाज अहिले क्षेत्रिय समिति विस्तार, आजिवन र साधारण सदस्य वितरणमा लागिपरेको छ । यसअघि नै समाजका अध्यक्ष सागरमणि भण्डारीको संयोजकत्वमा अधिवेशन मूल आयोजक समिति गठन गरिसकेको छ । अधिवेशनमा केन्द्रिय समितिको प्रत्यक्ष उपस्थिति,जापानमा कृयाशिल अन्य संघ-संस्था,आइसीसी क्षेत्रिय समिति लगायत सम्पूर्ण जापानबासी स्याङ्जालीहरुलाई भने भर्चुअल माध्यमबाट जोड्ने निर्णय गरेको छ ।
५औं अधिवेशन बन्द र खुल्ला गरि २ सत्र गरेर एकै दिनमा २ चरणमा सम्पन्न गर्ने पनि निर्णय गरेको छ भने विभिन्न उप(समितिहरुको पनि गठन गरिसकेको प्रचार(प्रचार संयोजक एवं सचिव चित्र गुरुङले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया