जापान । कर्णालीका १० जिल्लामा रहेका सहयोगापेक्षी भई बेवारिसे महानुभावहरुको उद्दार रेखदेख पालनपोषण औषधी उपचार र पुनर्मिलन गराउने उद्धेश्यले स्थापित गैर नाफामुलक संस्था मानब सेवा आश्रम कर्णाली प्रदेश शाखा सुर्खेतलाई आज सहयोग पठाईएको छ ।
बुधवार एक कार्यक्रम गरि टोकियोको सिनओकुबोमा कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले फोरेक्स रेमिट जापानका प्रतिनिधि बाबुराम पौडेललाई ‘सहयोग रकम नेपाली रु १,११,१११ (एक लाख एघार हजार एक सय एघार) हस्तान्तरण गरिएको हो ।
कर्णाली प्रदेश समाज जापान स्थापनाको छोटै समयमा यस्ता सामाजिक गतिविधि गर्दै आइरहेको छ । यस अघि पनि जापानमा अलपत्र परेका र अप्ठेरोमा परेका कर्णालीका बिद्यार्थीहरुलाई आर्थिक तथा अन्य सहयोग गरेको थियो ।
कार्यक्रममा अध्यक्ष शाहीले यस अभियानमा आर्थिक सहयोग गरि साथदिने समाजका सल्लाहकार लगायत सम्पूर्ण सदस्य तथा शुभचिंतक साथीहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि यसरी नै साथ पाउने आशा र बिश्वास ब्यक्त गर्नु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया