टोकियो लगाएत ३ प्रान्तमा तेस्रो पटक आपतकाल घोषणा,मार्च २१ सम्म लागु हुने

जापान । टोकियो लगाएत चिबा,साईता र खानागावा प्रान्तमा आपतकाल २ साता थपिएको छ ।
कोरोना संक्रमण उद्धेश्य अनुरुप नियन्त्रणमा नआएपछी आज मार्च ५ तारिख शुक्रबार जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजधानी टोकियो लगाएत ३ प्रान्तमा तेस्रो पटक आपतकालको घोषणा गरेका हुन ।
जनवरी ७ तारिख घोषणा गरेको आपतकाल मार्च ७ तारिखसम्म लागु हुने जनाएको थियो अहिले थपिएको आपतकाल मार्च २१ तारिखसम्म लागु हुने घोषणा गएिको छ ।

जापानमा कोरोना संक्रमण कम गर्न भेटघाटबाट टाढा रहन र रेस्टुरेन्टको टोकियो महानगरीय र तीन प्रान्तहरूमा राती ८ बजेसम्म ब्यवसायी गर्न पुन: अनुरोध समेत गरेको छ । आपतकाल घोषणा गरेको समयमा बेलुका ८ बजेसम्म संचालित हुने रेष्टुरेण्टहरुलाई दैनिक ६० हजार आर्थिक सहायता गरिदै आएको छ ।

टोकियो, चिबा, साईतामा र खानागावा केनमा हाल कायम आपतकालिन् अवस्था २ साताका लागि थप गर्ने विषयमा सरकार तथा विज्ञहरुको बैठकबाट स्विकृति भएको थियो ।

शुक्रवार विहान विज्ञहरुसंग छलफल गरेको र विज्ञ सल्लाहकार परिषदबाट पनि आपतकालिन् अवस्था लम्ब्याउने निचोडमा पुगेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया