शिकागो । गैरआवसीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्ष पदमा तिलक केसीले उम्मेदवारी दिनुभएको छ । विस्कन्सनमा रहेर ब्यवसायमा सकृय केसीले शनिबार साँझ एक अनलाईन पत्रकार सम्मेलन तथा घोषणा सभा कार्यक्रम मार्फत औपचारीक घोषणा गर्नुभएको हो ।
सिन्डीकेट तोडौ नेपाली जोडौ भन्ने मुल नाराका साथ चुनावमा होमिएका केसीले एआरएनए अमेरिकामा सबैको पहुँच लैजाने बताएका छन् ।
अहिलेको चुनावबाटै एक डेभाईस एक भोट,फेस रिडिगं सिस्टम, चुनाव प्रकृया देखी घोषणासम्म प्रत्येक अध्यक्षका उम्मेदवारका प्रतिनिधीको रोहवरमा हुनु पर्ने जस्ता
माग सहित केसी मैदानमा आएका छन् ।
घोषणा कार्यक्रममा पुर्व अध्यक्ष शिव राई, एनआरएनए अभियान्तहरु सन्जय थापा, नारायण कडेंल, टेक गुरुग लगायतले केसीलाई शुभकामना दिएका थिए ।
बर्तमान बोर्ड अफ डाईरेक्टर केसी नेपालको त्रिवि क्याम्पसको स्ववियु सचिव, प्राध्यापक, मानवअधिकारकर्मी हुँदै अमेरिकामा पनि बिभिन्न सामाजिक संस्था सकृय छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया