टोकियो । जापानका घोडादौडमा संलग्न १६३ जनाले गलत तरिकाबाट करिब १९ करोड येन कोरोना अनुदान लिएको खुलासा भएको छ ।
जापानमा घोडालाई तालिम दिने केन्द्रका करीब १६३ जना कर्मचारीले अनुचित तवरले कोरोनाबाट प्रभावित कम्पनीहरुलाई सरकारले दिएको १९ करोड आर्थिक सहयोग लिएको पाइएको हो ।
जापान रेसिङ एशोसियशन जेआरएले शनिबार यस्तो बताएको हो । पश्चिम जापानको शिगा प्रिफेक्चरको रिट्टो शहर र पश्चिम जापान स्थित मिहो गाउँमा रहेका तालिम केन्द्रहरुका १६५ प्रशिक्षक, सहायक प्रशिक्षक, गू्रमर, जकी र अन्य कर्मचारीले केन्द्र सरकारले साना तथा मझौला व्यवसायहरुलाई उपलब्ध गराएको सहुलियत कार्यक्रमबाट रकम लिएको जेआरएले बताएको छ ।
यीमध्ये १६३ जनाले रकम लिनु अनुचित रहेको ठानिएको छ । यीमध्ये ४९ कर्मचारीले रकम फिर्ता गरिसकेका छन् । ११४ जनाले पनि फिर्ता गरेको छैन । बाँकी दुई जनाले भने आफूले घोडादौडसँग असम्बन्धित खानपिन व्यवसायका लागि लिएको बताएका छन् ।
यस मामिलाले जेआरएप्रतिको विश्वास प्रभावित भएको भन्दै जेआरएका अध्यक्ष तथा सीईओ मासायुकी गोतोले माफी समेत मागेका छन् । कोरोना भाइरसको महामारीबीच आम्दानी घटेकोले सहायक प्रशिक्षक, गु्रमर र अरुले सो सहुलियत लिएको जेआरएको भनाइ छ ।
जेआरएका कर्मचारीहरुको भुक्तानी र सेवा सुविधामा कमी आएको थिएन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया