टोकियो । जापानमा नव प्रवेशी विदेशीहरुको आगमनमा पुन प्रतिबन्ध लगाएको छ । टोकियो ओलम्पिक्स सुरु हुने दिन नजिकिदैं गर्दा संक्रमण बल्झिन नदिन तत्काललाई विदेशीहरुको प्रवेश प्रतिबन्ध गथावत् राख्ने निधो गरेको छ । टोकियो ओलम्पिक टर्च रिले यहि मार्च अन्तिमबाट सुरु हुँदै छ ।
जापानले कोरोना भाइरसको नयाँ प्रकार नदेखिएका देशका आगन्तुकहरुको आगमन भने रोकेको छैन् । चीन, दक्षिण कोरिया, सिंगापुर र भियतनाममा कोरोनाको नयाँ प्रकार देखिएकोले व्यवसायिक यात्रा छूटमा स्थगन कायमै राखेको छ ।
प्रधानमन्त्री योशिहिदे सुगाले शुक्रबार पत्रकार सम्मेलनमा कोरोना भाइरसको संक्रमण पुनःबल्झन नदिने र आपतकाल योजना बमोजिम हटाउन सकिन्छ भनेर उक्त निर्णय लिएको बताएका छन् ।
सरकारले डिसेम्बरको अन्त्यमा विदेशीहरुको नवआगमनमा रोक लगाएको थियो । आपतकाल घोषणापछि सीमापार कोरोना भाइरसको नयाँ प्रकार फैलिन थालेपछि जनवरी १४ मा ११ ओटा देश र क्षेत्रका व्यवसायिक यात्रा छूट पाएका यात्रीहरुमाथि पनि रोक लगाइएको छ ।
जापानले अहिले आवासीय अनुमति भएका बाहेक नयाँ प्रवेश गर्न लागेका विदेशी नागरिकलाई आगमनमा प्रतिबन्ध लगाएको छ । आवासीय अनुमति तथा जापानी नागरिकहरुलाई समेत क्वारेन्टाइन कडा गरेको छ ।
सरकारले कोरोना भाइरसबाट जोगिन गत शुक्रवार टोकियो र आसपासका तीन प्रिफेक्चरमा आपतकाल थप २ साता अर्थात मार्च २१ सम्म लम्ब्याएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया