नमस्ते व्याण्डको ३२औँ वार्षिक उत्सब : टोकियोमा महाशिवरात्री म्यूजिक फेस्टिवल हुने

जापान । नमस्ते व्याण्डको ३२औँ वार्षिक उत्सब तथा तेस्रो महाशिवरात्री वल्ड म्यूजिक फेस्टिवल २०२१ आयोजना गरिने भएको छ । आउँदो मार्च १४ तारिख आईतबार जापानको राजधानी टोकियोमा तेस्रो महाशिवरात्री वल्ड म्यूजिक फेस्टिवल २०२१ आयोजना गरिने भएको हो ।

नेपाल राष्ट्र हिमालय,गोर्खाली,नेपालीको चिनारी,नेपाली पहिचान तथा नेपाली सङ्गीत, कला,साहित्य,भाषा र संस्कृति पर्यटन प्रवर्धन सम्वर्धन तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिको आदन प्रदान साथै संगितकर्मीहरुको एकता सद्भाव मित्रता र भाईचारा बढाउने उद्देश्यले बिगत ३१ वर्ष अगाडि नेपाली तथा जापानी समुदायका सदस्यहरु मिलेर नेपाल र जापानमा स्थापना भएको नमस्ते व्याण्ड यही वर्ष सन् २०२१ देखि ३२औँ वर्षमा प्रवेश गरेको हो ।

विगत वर्षमा नमस्ते व्याण्डले नेपालमा मात्रै नभएर विश्वमा नै एक अमिट छाप छोड्न सफल रहेको छ । जापानबाट नै पहिलो पटक नेपालको पहिलो गीति सिडी एल्बम् एकता राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा उत्पादन तथा बिक्रि वितरण गरि नेपालको पहिलो व्याण्डको रुपमा परिचित भई नेपाली गीत गितको सम्बर्धन,प्रवर्धन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक उच्च प्रविधिक उपकरणद्वारा डिजीटल रेकर्डीङ्ग स्थापना गरी नमस्ते कल्चरल स्टूडियो संचालन गरी थुप्रै प्रकारका सांगितिक कोसेलीहरु प्रस्तुत गरिसकेको छ ।
यसका अलवा यस व्याण्डले सामाजिक संघ संस्थाहरुको सहयोगार्थ निशुल्क सेवा व्याण्डको शो गर्दै आएको,नेपालमा पहिलो पटक खुल्ला आकाश मुनी मैदानमा लाइभ कन्सर्टको शुरुवात गरको सांगितिक दौरानमा थुप्रै आरोह अवरोहहरूलाई सफल रुपमा संसार भर छरिएर रहेका गीत सङ्गीत प्रेमीहरुको मन जित्न सफल भएको छ ।

विगत वर्षहरुमा जस्तै नमस्ते व्याण्डको ३२औं वार्षिक उत्सवको उपलक्ष तथा महाशिवरात्रि पर्वको पावन अवसरमा नमस्ते व्याण्डका साथ साथै स्थानीय नेपाली व्याण्डहरू र चर्चित जापानी व्याण्डहरू सहित तेस्रो महाशिवरात्री विश्वसंगीत महोत्सव २०२१ टोकियोको खाबुकिचीमा यही मार्च १४ गते आईतवार सम्पन्न गर्न लागिएको एक विज्ञप्ती मार्फत जानकारी गराईएको छ ।

संयोजक ईश्वर गुरुङका अनुसार यस कार्यक्रमबाट उठेको बचेको रकमले कास्की पुम्दीकोटमा बन्दै गरेको नेपालकै सबैभन्दा अग्लो शिव लिंग निर्माणका लागि आवश्यक रकम सहयोग गरिने जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया