टोकियो । जापानमा कोरोना भाईरस संक्रमितको संख्या ४ लाख ४१ हजार नाघेको छ । सोमवार मार्च ८ तारिखसम्म कोभिड १९ संक्रमित कुल संख्या आन्तरिक र बाह्य गरि कुल संक्रमित संख्या ४ लाख ४१ हजार २ सय ९२ पुगेको छ ।
जापानमा सोमवार ६०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समय कोरोना संक्रमित बढ़ने संख्या घटदो दरमा रहदाँ जापानमा मार्च ८ निको हुनेको संख्या संक्रमित भन्दा धेरै छ ।
सोमबार मा ६०० जना नयाँ संक्रमित पुष्टि हूँदा ९६८ जना संक्रमितहरु डिस्चार्ज भएका छन ।जापानमा हालसम्म कोरोना संक्रमित मध्ये ४ लाख १९ हजार २२९ जना निको भएर डिस्चार्ज भएका छन् ।
जापानमा कोरोना संक्रमणबाट सोमबार ४५ जनाको निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८,३,०२१ पुगेको छ ।
जापानमा कोरोना संक्रमण रोक्न टोकियो लगाएत ३ केनमा मार्च २१ तारिखसम्म आपतकाल घोषणा गरेको छ भने आपतकाल हटाउने कुरा अनिश्चित बनेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया