टोकियो । जापानमा कियाशिल संस्था तमु धीं जापानले केही महत्वपूर्ण निर्णयहरु गर्दै साधारण सभा सम्पन्न गरेको छ ।
नेपाली मुरा हल सोलमरी सिनओकुवोमा मार्च ७ तारिख आइतबार सम्पन्न भेलामा संस्थाको संरक्षक याम तमुको प्रमुख अतिथ्यतामा र अध्यक्ष सौगात तमुको सभापतित्वमा भएको कार्यक्रम संस्थाको महासचिव चित्र तमुले संचालन गरेका थिए ।
तमु धीँ साधारण सदस्य वितरण द्रुत गतिमा गर्ने, गैरआवशीय नेपाली संघ जापानको सदस्यता वनाउन तिव्र रुपमा लागि पर्ने र जापानमा कियाशिल विभिन्न संघसंस्थाहरुसँग हातेमालो र सहकार्य गरेर अघि बढ्ने कार्ययोजना तयार पारेका छन् । कोरोना कहरको कारण संस्थाले चाहे जस्तो कार्यक्रमहरु गर्न नसकेता पनि केही सकरात्मक र रचनात्मक कार्यक्रमहरु भएको उपस्थित सल्लहकार एवं संरक्षकहरुले शुभकामना दिएका थिए ।
उक्त कार्यक्रममा कोषाध्यक्ष र महासचिवले प्रस्तुत गरेको आर्थिक र सांगठनिक प्रतिवेदन पनि हलले सर्वसम्मत पास गरेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया