टोकियो । कोरोना भाईरसको संक्रमणका कारण गत वर्षको मार्च २९ तारिख निधन भएका जापानका लोकप्रिय हाँस्यकलाकार सिमुरा केनको शालिक स्थापना गरिने भएको छ ।
स्वर्गिय हाँस्यकलाकार सिमुराको पूर्ण कदको ढलौटको शालिक उनको जन्म स्थानमा यहि वर्ष स्थापना गरिने भएको हो ।
टोकियोको हिगासी नाखामुरामा जन्मिएका सिमुरा जापानीहरुको माँझ मात्र नभई विदेशीहरुको पनि निकै लोकप्रिय कलाकार हुन् । जापानमा कोरोनाका कारण मृत्युवरण गर्ने सिमुरा पहिलो लोकप्रिय कलकार पनि हुन् ।
क्लाउड फण्डिङबाट संकलित २ करोड ७० लाख येन तथा स्थानीय सरकार र समर्थकहरुको सहयोगमा उनको शालिक स्थापना गर्न लागिएको हो ।
सिमुराको जन्मस्थान हिगासी मुरायामा सहरको हिगासी मुरायामा स्टेसनको सेईबु लाईन प्रवेशद्वारमा भव्य र आकर्षण बनाउन लागिपरेको शालिक निर्माण समितिले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया