एमालेको संगठन प्रवासी मञ्च जापान पुन: ब्यूँतियो,२१औं अधिवेशन गर्ने तयारीमा

जापान । सर्वोच्च अदालतबाट नेकपा एमाले र एकीकृत माओवादी केन्द्र ब्यूतिएसंगै एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च जापान ब्यूताएका छन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहिर्गमन र नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई पुनर्जीवित गरेको सर्वोच्च अदालतको फैसलाबाट प्रबासी नेपाली मञ्च राष्ट्रीय कमिटी जापान पनि सोहि स्थानमा फर्केको मञ्चका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रबासी नेपाली मञ्च राष्ट्रीय कमिटी जापानको अध्यक्षको भूमिकामा रहि जापानमा रहेको संगठन र संगठनको जिम्मा दिएको कार्यबहाक अध्यक्ष सिद्धार्थ श्रेष्ठ र बाबुराम भण्डारीलाई ब्यवस्थापनको जिम्मा र महासचिव सुरेश केसी र उपमहासचिव राजेन्द्र श्रेष्ठलाई एकिकृत (राम बहादुर बादल)संगठनको जिम्मा ,कार्यालय ब्यवस्थापन सचिब बिकास पौडेल र जिवन अर्यालसंगै आर्थिक ब्यवस्थापन कोषाध्यक्ष पशुपति गिरीलाई जिम्मा दिदै केहि दिन भित्र बैठक आब्हान गरि २१औं राष्ट्रीय अधिवेशन आयोजक कमिटी बनाउने अभियानमा जुटेको अध्यक्ष श्रेष्ठले एक वक्तव्यमार्फत जानकारी दिनु भएको हो ।
नेकपा (एमाले) ब्यूतिएसंगै बुधवार अध्यक्ष श्रेष्ठले प्रवासी नेपाली मञ्च जापानका नेतृत्वहरुसंग अनौपचारिक छलफल गरेको बताउदै छिट्टै सदस्यता नवीकरण,क्षेत्रलाई क्रियाशिल गराउने बताउनु भएको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार आफू नेपालको जनप्रतिनिधीको रूपमा रहेको र जापानमा नबस्ने भएकोले संगठनको अधिबेशनगरि क्रियाशिल नेतृत्व बनाएर छोड्ने बताउनु भयो ।

यस अघि मूल पार्टी एमालेको प्रवासी नेपाली मञ्च जापान र माओवादी केन्द्रको संगठन नेपाली जनप्रगतिशिल मञ्च एकीकृत भई प्रवासी नेपाली एकता मञ्च जापान बनेको थियो ।

यसअघि प्रवासी नेपाली मञ्च जापानको २०औं अधिबेशन २०१६ नोभेम्बर २६ र २७ तारिख टोकियोमा सम्पन्न हुदा महेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय कार्य समितिको पुरै पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको थियो। जस मध्ये पाँच जना उपाध्यक्ष पदमा क्रमश बाबुराम भण्डारी, सिद्धार्थ श्रेष्ठ, कुलचन्द खरेल, मोहन रायमाझी, बलराम भुसाल छानिएका थिए ।

यस्तै महासचिवमा सुरेश केसी, उपमहासचिवमा राजेन्द्र श्रेष्ठ दुई सचिवमा क्रमश विकास पौडेल र जीवन अर्याल तथा कोषाध्यक्षमा पशुपति गिरीलाई चयन गरिएको छ। यसैगरी कार्यसमिति सदस्यहरूमा क्रमश पर्शुराम बस्नेत, भिम न्यौपाने, देवीलाल भंडारी, बुद्धिराज धिमिरे, प्रकाश महरा, अशोकचन्द्र अधिकारी, अच्युत लोहनी, प्रकाश ढकाल, स्वतन्त्र पौडेल, आलोक चालिसे, दीप पाठक, सागर रिजाल, राजु तिवारी र नारायण पौडेल रहेका छन्।
एमाले स्थायी समिति सदस्य किरण गुरुङ तथा विशेष अतिथि एमाले बैकल्पिक सदस्य राजन राईको सहभागितामा सर्वसम्मत पदाधिकारी चयन गरिएको थियो ।

यस्तो छ प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष श्रेष्ठको वक्तव्य

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहिर्गमन र नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई पुनर्जीवित गरेको सम्मानीत सर्वोच्च अदालतको फैसलाबाट प्रबासी नेपाली मंच राष्ट्रीय कमिटी जापान पनि सोहि स्थानमा फर्केको यो अबस्थामा आफुले नचाहादा नचाहादै पनि प्रबासी नेपाली मंच राष्ट्रीय कमिटी जापानको अध्यक्षको भुमिकामा रहि जापानमा रहेको संगठन र संगठनको जिम्मा दिएको कार्यबहाक अध्यक्ष कमरेड सिद्धार्थ श्रेष्ठ र बाबुराम भण्डारीलाई ब्यवस्थापनको जिम्मा र महासचिव कमरेड सुरेश केसी र उपमहासचिव क. राजेन्द्र श्रेष्ठलाई एकिकृत (राम बहादुर बादल)संगठनको जिम्मा अनि कार्यालय ब्यवस्थापन सचिब क.बिकास पौडेल र जिवन अर्यालसंगै आर्थिक ब्यवस्थापन कोषाध्यक्ष क.पशुपति गिरीलाई जिम्मा दिदै केहि दिन भित्र बैठक आब्हान गरि २१औ राष्ट्रीय महाधिवेशन आयोजक कमिटी बनाउने अभियानमा जुटेको बिषयलाई सार्बजनिक गर्दछु।

महेन्द्र कुमार श्रेष्ठ
अध्यक्ष
प्रबासी नेपाली मञ्च राष्ट्रीय कमिटी जापान

फेसबुकबाट तपाइको प्रतिक्रिया