काठमाडौं । संसद् पुन:स्थापना भएपछि राजनितिक दलहरु बीचमा सरकार गिराउने र बनाउने चलखेल भैरहेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् ।
मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा पुर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई आमन्त्रण गरिएको राष्ट्रपतिका संचार मामिला विज्ञ टीका ढाकालले जानकारी दिए ।
राष्ट्रपतिले यसअघि नै दलहरू सङ्ग छलफल गर्न चाहे पनि कोरोना जोखिमका कारण त्यो सम्भव नभएको र अहिले खोपको उपलब्धतासंगै त्यो सजिलो भएको जनाएके छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया