कास्की पोखरा समाज जापानको प्रवक्तामा दिपक सुनार चयन

जापान । कास्की पोखरा समाज जापानको प्रवक्तामा दिपक सुनार चयन भएका छन् । आईतबार टोकियोमा भएको समाजको एक भेलामा संस्थाका अध्यक्ष विश्व सुवेदी तथा अन्य पदाधिकारीहरूको उपस्थितिमा सुनारलाई प्रवक्तामा चुनिएको हो ।
प्रवक्ता सुनार गैरआवासीय नेपाली संघ जापानको निगाता क्षेत्रीय कमिटिको संयोजक पनि हुन् ।

संस्थाको सदस्य पदमा रमेश दाहाललाई पनि चयन गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया