किमकी बहिनीको चेतावनी : कोरियाको भूमिमा बारुदको गन्ध फैलाउने प्रयास नगर्नु

एजेन्सी । अमेरिका र उत्तर कोरिया विवाद बेला बखत बक्तब्यका कारण पनि चर्चामा आउने गर्छ । अमेरिकाले कोरियाली नीति सार्वजनिक गर्ने तयारी गरेको प्रति उत्तर कोरियाका नेता किम जोङकी बहिनीले चेतावनी सहित आक्रोश ब्यक्त गरेकी छन् ।

नेता किम जोङकी बहिनी किम यो(जङले उत्तर कोरियाको भूमिमा बारुदको गन्ध फैलाउने सङ्घर्ष हर हालतमा पुरा गर्न नदिने चेतावनी सहित आक्रोश ब्यक्त गरेकी हुन् ।

उनले धम्कीपूर्ण भाषामा भनेकी छन् ‘चार वर्षसम्म चैनको निद्रा लिन मन छ भने दुर्गन्ध फैलाउनबाट टाढै बस्दा राम्रो हुन्छ ।’ दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको समेत आलोचना गरेकी उनि र उनको देश उत्तर कोरियाले अझै पनि आधिकारिक रूपमा बाइडेनलाई अमेरिकी राष्ट्रपति स्वीकार गरेको छैन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया