जापान । गैरआवसीय नेपाली संघ (एनआरएनए)ले राष्ट्रिय आबिस्कार केन्द्रसंग सहकार्य गर्ने भएको छ । राष्ट्रिय आबिस्कार केन्द्रका पाउन्डर डा.महाबिर पुन संग एनआरएनहरुले मार्च २० तारिख शनिबार भलाकुसारी गर्ने छन ।
अहिलेसम्मका गरिएका आविस्कार र उक्त आबिस्कारले राष्ट्र निर्माणमा गरेको सहयोगका बारेमा छलफल हुने छ । मेक इन नेपाल नाम दिइएको उक्त कार्यक्रममा एनआरएनए संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो ,प्रमुख संरक्षक एबं पूर्व अध्यक्षहरु शेष घले, देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट ,बर्तमान अध्यक्ष कुमार पन्तको बिशेष सहभागीता हुने छ । एनआरएनए अध्यक्ष कुमार पन्त भन्नु हुन्छ ‘यो कार्यक्रम शुरुवात मात्र हो पछि सम्म हाम्रो सहकार्य हुनेछ’ । एनआरएनए उपाध्यक्ष सोनाम लामा नेपालको भबिस्य यहि अविस्कार केन्द्रमा भएको बताउनु हुन्छ ।
संसारभरिका एनआरएनहरु जोडिने यो कार्यक्रमले आबिस्कार केन्द्रलाइ एउटा उर्जा दिने छ , कार्यक्रम संयोजक एनआरएनए एसिया प्यासिफिक उप-संयोजक पारस मणी पोखरेल बताउनु भयो । उक्त दिन डा.पुनले राष्ट्रिय आबिस्कार केन्द्रको भर्चुअल टुर गराउने छन ।


फेसबुकबाट तपाइको प्रतिक्रिया