जापान प्रवेश गर्ने यात्रुलाई नयाँ नीति लागू, एयरपोर्टमैं यी तिन एप्लिकेशन अनिवार्य

टोकियो । कोरोनाको महामारी फेरी फैलना सक्ने आशंकामा जापान प्रवेश गर्ने यात्रुलाई नयाँ नीति लागू भएको छ । टोकियो क्षेत्रका लागि दुई प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल हानेदा र नारिता एयरपोर्टबाट जापान प्रवेश गर्ने यात्रुहरूका लागि यहि हप्ता नयाँ नीति लागू भएको जनाएको छ ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयद्वारा लागू गरिएको यो नियमनले सबै वर्गका आवागमन यात्रीहरूलाई झन्झटिलो असर गर्ने भएको छ । जापानी नागरिकहरू, जापानका विदेशी स्थायी आवसीय र अस्थायी व्यापार र पर्यटन यात्रीहरूलाई समेत असर गर्न सक्ने छ ।

मार्च १८ यता यात्रीहरूले एयरपोर्टमा उनीहरूको स्मार्टफोनमा तीन चिज आवश्यक पर्ने स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको COCOA COVID-19, SKPY ID र OSSMA हुनु पर्ने छ ।
यदि तपाईंसँग स्मार्टफोन छैन भने वा पुरानो मोडेल प्रयोग गर्दै हुनुहुन्छ भने तपाईंलाई एयरपोर्टबाट लिन सक्ने फोन भाँडामा लिन आवश्यक पर्ने हुन्छ भने यसको तपाईंले आफैले भुक्तान गर्नुपर्छ ।
जापान प्रवेश गर्ने यात्रीहरूले नयाँ नियम र प्रोटोकलहरूको पालना गर्न लिखित वाचामा हस्ताक्षर गर्नु पर्छ । त्यसो गर्न अटेर भएमा परिणाम उल्लंघनकर्ताको नाम सार्वजनिक रूपमा प्रकाशित हुन सक्छ र विदेशी नागरिकहरूको मामलामा जापानमा बसोबास गर्ने काम गर्ने वा अध्ययन भिसामा बसोबास गर्ने विदेशीहरूको लागि भिसा क्यान्सिल समेत गर्न सक्ने जापानटुडेमा समाचार छ ।

यो नियम आवश्यकता अनुसार निकट भविष्यमा अन्य एयरपोर्ट मार्फत जापानमा प्रवेशकर्ताहरूमा विस्तार गरिने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया