हामी सबैको,सवैजना हाम्रो मुल नाराको साथ विश्वभरका नेपाली कराँतेहरु जुट्दै

सरिता थापा, जापान । “हामी सबैको,सवैजना हाम्रो” मुल नाराको साथ ग्लोबल नेप्लिज कराँते संघको प्रथम बैठक भर्चुअल माध्यमबाट सम्पन्न भयो ।
नेपालबाट सुअवसर र सुखद भविष्यको खोजिमा विश्वका बिभिन्न भुगोलमा छरिएर रहेका वरिष्ठ देखी कनिष्ठ सम्मका कराँतेका खेलाडीहरूलाई एउटै मालामा समेट्दै आफ्नो पहिचान समेत कायम गर्दै नेपालका हिमाल देखी तराई सम्मका गरिबिका कारण राज्यबाट ओझेलमा परेर पिछडिएका तर प्रतिभावान खेलाडीहरूको उत्थान तथा प्रवर्धन गर्ने विशुद्ध राजनीति रहित खेल समाज सेवा सहित पर्यटन प्रवर्धनमा समेत टेवा पुराउने उद्देश्य सहित बीधि पुर्वक संस्थाको पहिलो बैठक संस्थाका अध्षक्ष सुरेन्द्रलाल श्रेष्ठलको अध्यक्षतामा समपन्न भयो भने नेपाल कराँतेका भिष्मपितामह थानेश्वर राईको प्रमुख आतित्थ्य र हेम पुन,आनन्दु लामा थिङ,आङ फुर्वा शेर्पा,पशुपतिनाथ मुल्मी,सुरेस बैध,सरोज भट्टराई ,एसियन कास्य पदक विजेता बिमला तामाङ, पुर्व वरिष्ठ खेलाडी लत्ता चेमजोङ,पुर्व वरिष्ठ खेलाडी राधिका राई, किरण डंगोलको बिशेष आतिथ्य रहेको थियो ।
नेपालको दुर्गम ठाँउमा खेल सामाग्री नपुगेको ठाँउमा पुराउने र गुरु नभएको जिल्लाहरूमा गुरूहरूको व्यवस्थापन गर्ने प्रमुख लक्ष्य रहेको कुरा अध्यक्ष सुरेन्द्रलाल श्रेष्ठले जानकारी दिनु भयो ।
संस्थाले विश्वभर छरिएर रहेका सम्पुर्ण नेपाली कराँतेका खेलाडी,प्रशिक्षकहरूलाई समेटेको र निकट भविष्यमा नै यस्ले नेपालको दुरदराजमा रहेका गाँउहरूमा कराँते खेल्नको लागि अवसर प्रधान गर्ने लक्ष्य रहेको कुरा संस्थाका संसाथापक राजपाल कर्मचार्यले बताउनु भयो ।
अहिलेको समयमा खेल मानिसको लागि अतिनै आवास्यक रहेको र यस्ले मानव बिकासमा आत्मबल पनि बढाउनुका साथै सम्पुर्ण कराँतेका शुभचिनत्कहरूको लागि यो छाता संस्था हुने र एकता नै बल हो भन्ने मुल मन्त्रका साथ सबैलाई एकबद्ध गरि नेपालमा कराँतेमा फ़ोटोकापी मनहरूलाई सिलाउने मिलाउने काममा समेत महत्वपूर्ण हुने छ भन्ने कुरामा आँफु विश्वस्स रहेको संस्थाका महासचिव सरोज भट्टराईले बताउनु भयो ।
यहि बैठकबाट लामो समय देखी जापानमा रहँदै आएका सितोरियो कराँतेका पुराना खेलाडी एवम् पत्रकार राजबिन थापा ‘रामु ‘लाई प्रवक्ता मनोनीत समेत गरेको छ र आजै देखी थापालाई संचार र सुचना संयोजकको समेत जिम्मेवारी दिएको छ ।
बैठकमा विश्वका ३३ राष्ट्रका खेलाडी एवम् प्रशिक्षकहरूको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया