कोरोना कहर : टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश रोक्ने घोषणा

जापान । महामारीको रुपमा फैलिएको कोरोनाको कारण टोकियो ओलम्पिकमा सहभागी हुन विदेशबाट दर्शकहरूलाई प्रवेश रेक्ने घोषणा गरेको छ । जुलाइमा हुन लागेको टोकियो ओलम्पिक मार्च २० तारिख सम्बन्धित पक्षहरू संलग्न एक भिडियो कन्फ्रेन्समार्फत सो घोषणा गरेको हो ।

जापानले टोकियो ओलम्पिकका कर्पोरेट स्पोन्सरहरुसंग सिधा सम्बन्ध राख्रेबाहेक अन्य दर्शकलाई जुलाइमा हुने ओलम्पिक लागि जापान आउन नदिइने भएको हो । कन्फ्रेन्समा टोकियो ओलम्पिकका आयोजक समितिका प्रमुख सेइको हाशिमोतो, टोकियो ओलम्पिक र पारालिम्पिक गेम्स आयोजनाको जिम्मा पाएका मन्त्री तामायो मारुकावा, टोकियोकी गभर्नर युरिको कोइके, अन्तरराष्ट्रिय ओलम्पिक समितिका अध्यथ थोमस बाखर,अन्तर्राष्ट्रिय पारालिम्पिक समितिका अध्यक्ष एन्ट्रिउ पार्सन्स सहभागी थिए ।

टोकियो ओलम्पिक र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले चार महिना पछि सुरु हुने खेलहरू विदेशबाट प्रशंसकहरूलाई प्रतिबन्ध लगाउेको जापान टुडेमा समाचार छ ।

विदेशबाट आएका प्रशंसकहरूको लागि टिकट बिक्री विश्वव्यापी रूपमा छरिएका अधिकृत टिकट पुनर्विक्रेताहरू द्वारा व्यवस्थित गरिएको छ । तिनीहरू सामान्यतया राष्ट्रिय ओलम्पिक समितिहरूद्वारा नियुक्त हुन्छन् । उनिहरुलाई टिकटमा २० प्रतिशतसम्म सेवा शुल्क लिन अनुमति छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया