टोकियो । बागलुङ समाज जापानले आयोजना गर्न लागेको पहिलो रनिङ कप भलिबल प्रतियोगिताको तयारी टाईसेट सार्वजनिक सँगै पुरा भएको जनाइएको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै समाजले तयारी पुरा भएको जनाएको हो । शुक्रबार जापानबासी खेलप्रेमी नेपालीलाइ समेटेर साईतामा केनको टोडा स्पोर्ट्स सेण्टरमा हुने कार्यक्रममा १६ टीमको सहभागिता रहने कार्यक्रम संयोजक बिरोध चालिसेले जनाउनुभएको छ ।
खेललाई सव्य र भव्यरुपमा सम्पन्न गर्नकोलागी खेलको नियम र परिधिमा रही खेलाडीले अनुसासित तरिकाले आफ्नो क्षमता प्रदर्शन गर्न अध्यक्ष प्रेम कँडेलले अनुरोध गर्नुभयो ।
प्रथम रनिङ कप प्रतियोगितामा प्रथम हुनेलाई नगद २ लाख ६५ हजार ५ सय पच्पन्न येन ,प्रमाण पत्र,मेडल र रनिङ कप त्यस्तै द्वितीय हुनेलाई नगद १ लाख ६५ हजार ५ सय पच्पन्न येन ,प्रमाण पत्र,मेडल तथा तृतिय हुनेलाई नगद ८५ हजार ५ सय पच्पन्न येन प्रमाण पत्र,मेडल साथै ४ छुट्टाछुट्टै बिधामा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार द्वारा सम्मान गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनको संचालन प्रवक्ता चेतन पौडेलले गर्नुभएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया