टोकियो । जापानमा आपतकाल हटाए पनि कोरोना भाईरस संक्रमण लगातर वृद्धि भईरहेको छ । कोरोना नियन्त्रणमा नआएपछी सरोकारवाला निकायले चिन्ता व्यक्त गरेको एनएचकेले समाचार लेखेको छ ।
जापानमा साकुरा फुल्ने समय तथा विद्यालय,विश्वविद्यालयहरुको दिक्षान्त समारोहरुको समय संगसंगै परेकाले फेरि मानिसहरुको चहलपहल बढेको प्रति बैठकमा ध्यान आकर्षण भएको जनाएको छ ।
साकुराको फूल हेर्न तथा भेटघाटका लागि सहभागी हुन थालेका छन् । आपतकाल हट्ने वित्तिकै देशाभर फेरि नयाँ संक्रमितहरु बढ्न थालेको छ । विश्वभर माहमारीको रुप लिँदैगर्दा, पूर्ण सुरक्षित रहेको जापान, पछिल्ला समय संक्रमण नियन्त्रणमा कमजोर देखिँदै आएको छ ।
जापान फेरि चोथौ महामारीमा फस्ने प्रति विज्ञ तथा सरोकालवाला सरकारी निकायहरुले चिन्ता व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया