टोकियो । नयाँ आगामी आर्थिक वर्षको बजेट सभासद्हरूको पूर्ण बैठकले बहुमतको साथ पारित गरेको छ । जापानको संसदले आर्थिक वर्ष २०२१ का लागि कीर्तिमानी बजेट पारित गरेको हो । शुक्रबार संसदले आगामी महिना देखि शुरु हुने आर्थिक वर्षका लागि १ हजार ६६ खर्ब ९ अर्ब ७० करोड येन बराबरको योजना पारित गरेको हो ।
बजेटलाई संसदको माथिल्लो सदन हाउस अफ काउन्सिलरले बहुमतका साथ पारित गरेको हो । बजेटको आकार गत आवको तुलनामा ३ दशमलव ८ प्रतिशत धेरै छ ।
बजेटमा सरकारले ५० अर्ब येन भने पुनः बल्झिन सक्ने कोरोना भाइरसको संक्रमणको तयारीका लागि भनेर सञ्चिति कोषमा राख्न छुट्टयाएको छ ।
ससतपक्ष एलडीपी र कोमेटो पार्टीले अनुमोदन गरेको हो । नयाँ आर्थिक वर्षको बजेट विधेयक समापनपछि हाउस अफ काउन्सिलर बजेट समितिले पारित गरेको हो ।
बजेटले कोरोना संक्रमण रोक्नको लागि नयाँ उपायहरू लिने र भविष्यमा असर पार्ने महत्त्वपूर्ण समस्याहरूलाई सम्बोधन गर्ने उपायहरू कार्यान्वयन गर्ने र मानसिक शान्ति र जनतामा आशा पुर्याउने सत्तापक्षको ठहर छ ।
बजेटलाई तल्लो सदन प्रतिनिधि सभाले मार्चको शुरुमा नै अनुमोदन गरिसकेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया